काठमाडौँमा चाडबाड लक्षित सुरक्षा योजना : चार हजार प्रहरी परिचालन गरिँदै

हिमाल प्रेस ११ असोज २०८१ १३:२६
16
SHARES
काठमाडौँमा चाडबाड लक्षित सुरक्षा योजना : चार हजार प्रहरी परिचालन गरिँदै जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरे

काठमाडौँ- नेपाल प्रहरीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो। चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना परिसरको छ।

चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, महँगो भाडा असुली, शक्तिपिठमा हुनसक्ने पाकेटमारी जस्ता सुरक्षा चूनौतिहरू पहिचान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए।

सम्भावित चुनौतीलाई न्यूनीकरण गर्न चाडपर्वमा ३ हजार ७६५ जना प्रहरी परिचालन हुने उनको भनाइ छ। जनमानसमा सुरक्षकर्मीको सहज पहुँच, अपराध न्यूनीकरणका साथै स्रोत साधनको प्रभावकारी परिचालनलाई प्राथमिकतामा राखिएको रजौरेले बताए।

उनले एरिया विभाजन गरी १४ जना प्रहरी नायव उपरिक्षकको कमाण्डमा एउटा टोलीमा १० जना रहने गरि परिचालन गरिने बताए। सवारी गस्तीमा इ–क्युआरटी ७६ र २४ वटा मोबाइल गस्ती परिचालन हुने परिसरले जनाएको छ। त्यस्तै सादा पोशाकमा ३८ वटा टोली खटिने प्रहरीले जनाएको छ। काठमाडौँ भित्रिने नाकाहरूमा कुकुरसहितको जाँच हरेक दिने हुने रजौरेको भनाइ छ।

प्रकाशित: ११ असोज २०८१ १३:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast