कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय सारियो

हिमाल प्रेस ११ असोज २०८१ १३:०४
10
SHARES
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकको समय सारियो कांग्रेस सभापति शेरबहादुर देउवा

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने समय सारिएको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीका अनुसार अब केन्द्रीय कार्यसम्पादन समितिको बैठक असोज १३ गते बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निजी निवास, बूढानीलकण्ठमा बस्ने छ।

यसअघि सोही दिन र सोही स्थानमा तर दिउँसो २ बजे बस्ने भनिएको थियो। बैठकमा सहभागिताका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशन दिएको छ।

प्रकाशित: ११ असोज २०८१ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − two =