विपद् व्यवस्थापन प्राधिकरणले भन्यो- भोलि र पर्सि रात्रिकालीन बस नचलाउनू

हिमाल प्रेस १० असोज २०८१ १८:१९ | Thursday, September 26, 2024
विपद् व्यवस्थापन प्राधिकरणले भन्यो- भोलि र पर्सि रात्रिकालीन बस नचलाउनू फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन भनेको छ। आज (बिहीबार) उच्च सतर्कताको सूचना जारी गर्दै रातिको समयमा यात्रा गर्दा पहिरो तथा बाढीको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा दुई दिन रात्रिकालीन बस नचलाउन भनेको हो।

सूचनामा धान नकाट्न र काटिसकेको भए थन्क्याउन, तराई र मधेश क्षेत्रमा सकेसम्म भुइँतलामा अन्नपात नराख्न, नदी किनारका वस्तीमा उच्च सतर्कता अपनाउन भनिएको छ।

यस्तै खोज तथा उद्धारका लागि तीनवटै सुरक्षा निकाय एवं स्वयंसेवकहरु तयारी अवस्थामा रहने, पूर्वतयारी र प्रतिकार्य गर्ने साझेदार संस्थाहरु जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिसँग समन्वयमा रही अलर्टमा रहने, विपद जोखिममा रहेका नागरिकहरुलाई सुरक्षित स्थानमा सार्नेलगायत सूचनामा उल्लेख छ।जल तथा मौसम विज्ञान विभागले आज (बिहीबार) देखि आइतबारसम्म भारी मनसुनी वर्षाको अनुमान गरेको छ। साथै उच्च जोखिममा रहेका जिल्लाहरू पनि प्रक्षेपण गरेको छ।

यी हुन् उच्च जोखिममा रहेका जिल्लाहरूः

 

प्रकाशित: १० असोज २०८१ १८:१९ | Thursday, September 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast