यी ५६ जिल्लामा भारी वर्षाको चेतावनी, कुन जिल्ला कति जोखिममा?

हिमाल प्रेस ९ असोज २०८१ १८:४३ | Wednesday, September 25, 2024
यी ५६ जिल्लामा भारी वर्षाको चेतावनी, कुन जिल्ला कति जोखिममा?

काठमाडौँ- मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा बिहीबारदेखि आइतबारसम्म भारी वर्षा हुने अनुमान गरेको छ।

देशभर मनसुनी वायुको प्रभाव रहेको र बंगालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको प्रभाव कारण मेघगर्जन/चट्याङसहितको वर्षा हुने अनुमान गरिएको हो। साथै देशका तराई भूभागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ।

वर्षाको कारण भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेका सचेतना अपनाउन महाशाखाले आग्रह गरेको छ।

महाशाखाले सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने अनुमान गरेको छ।

हेर्नुहोस् कुन जिल्ला कति जोखिममा?

 

प्रकाशित: ९ असोज २०८१ १८:४३ | Wednesday, September 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast