प्रचण्ड भन्छन् : अहिले नै दुई दलीयतिर जान खोज्नु अधिनायकवाद हो

हिमाल प्रेस ७ असोज २०८१ १६:४० | Monday, September 23, 2024
प्रचण्ड भन्छन् : अहिले नै दुई दलीयतिर जान खोज्नु अधिनायकवाद हो पुष्पकमल दाहाल

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा अहिले नै दुई दलीयतिर जान खोज्ने कोशिशलाई अधिनायकवादको संज्ञा दिएका छन्।

संविधान निगरानी समूह र आईएसएआरको संयुक्त आयोजना सोमबार काठमाडौंमा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’, विषयक छलफलमा थ्रेस होल्ड बढाएर दुई दलीयतिर जाने नेपाली कांग्रेस र एमालेको कोशिशबारे उनले यस्तो टिप्पणी गरेका हुन्।

‘दुई दलीय र थ्रेस होल्डबारे अहिले केही नेताहरू बोल्न थाल्नु भएको छ। उहाँहरूले संविधानअनुसार नै बोल्नु भएको हो या कसरी, थाहा भएन। तर, नेपालमा दुई दलीय भनेको अधिनायकवादतिरको यात्रा हो’, उनले भने, ‘बहुदलीयता हाम्रो संविधानको आधारभूत विशेषता हो, दुई दलीय होइन। हाम्रो संविधानमा समानुपातिक र समावेशी कुरा पनि छन्। ती हाम्रो संघर्षका उपलब्धि हुन्। बरु हामीले संविधानको सर्वस्वीकार्यताको बाटोमा जानु पर्छ।’

प्रकाशित: ७ असोज २०८१ १६:४० | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast