काठमाडौँ- धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ५९.०२ अंकले घटेको छ। सोमबार नेप्से २.२८ प्रतिशतले घटेर २५२९.३३ को विन्दुमा पुगेको छ।
यसदिन एक करोड ३३ लाख ३५ हजार ९०३ कित्ता सेयर पाँच अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ।
सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.८४ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा गुडविल फाइनान्स लिमिटेडको सेयर मूल्य १० प्रतिशतले घटेको छ।
नेपाल धितोपत्र बोर्ड (नेप्से)का अनुसार सोमबार कारोबारमा रहेका १३ वटै उपसमूहको समूहगत परिसूचक घटेको छ।
प्रकाशित: ७ असोज २०८१ १५:३७ | Monday, September 23, 2024
प्रतिक्रिया




