जुवाखालबाट नेपाली,भारतीय र चिनियाँ नागरिक पक्राउ

हिमाल प्रेस ७ असोज २०८१ १३:०८ | Monday, September 23, 2024
जुवाखालबाट नेपाली,भारतीय र चिनियाँ नागरिक पक्राउ

काठमाडौँ- काठमाडौँको एक जुवाखालबाट १२ लाख रुपैयाँसहित तीन देशका नागरिक पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका-६ बौद्ध तिनचुलीमा जुवा खेलिरहेका नेपाली, चिनियाँ र भारतीय नागरिकहरू पक्राउ परेका हुन्। प्रहरीले सात जना पक्राउ परेको जनाएको छ।

पक्राउ पर्नेमा चीनको आम्दो घर भई बौद्ध बस्दै आएका २४ वर्षीया सोनाम तामाङ, भारत घर भई बौद्ध बस्ने जाम्पा खेदुप, चीन घर भई काठमाडौँ महानगरपालिका-६ तिनचुली बस्ने ३० वर्षीय नोर्बु साम्देन, चीन घर भई बौद्ध बस्ने २७ को दासाङ, चीन घर भई काठमाडौँ महानगरपालिका-२७ बस्ने ४५ वर्षीय चाइनिज नागरिक विई चुनलिन, बौद्ध बस्ने २८ को तेन्जिङ नोर्बु शर्पा र सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका वडा नम्बर ४ घर भई हाल बौद्ध बस्ने ३५ को लोप्साङ लामा पक्राउ परेका हुन्।

उनीहरूलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले शुक्रबार पक्राउ गरेको हो। बौद्धस्थित पुष्षाल लामाको घरको दोस्रो तलामा सोनम तामाङले सञ्चालन गरेको गेम जोनमा खेल खेलाउने गरेको सूचना पाएसँगै प्रहरी पुगेको थियो

सूचनाको आधारमा गेम खेलिरहेको अवस्थामा पक्राउ गरिएको अनुसन्धान कार्यालयका एसपी काजी आचर्यले बताए। उनले भने, ‘जुवा खेलाउने उपकरणसहित नियन्त्रणमा लिइएका छौँ। कारबाहीका लागि जिल्ला परिसर भद्रकाली पठाएका छौँ।’

यसबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ७ असोज २०८१ १३:०८ | Monday, September 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast