छविलाललाई पोखरा ल्याउने तयारी

हिमाल प्रेस ६ असोज २०८१ १९:५० | Sunday, September 22, 2024
छविलाललाई पोखरा ल्याउने तयारी छविलाल जोशी

पोखरा– सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगी कसूरमा पक्राउ परेका पूर्वडिआइजी छविलाल जोशीलाई आइतबार नै विमानमार्फत पोखरा ल्याउन लागिएको छ।

उनलाई राति ८ बजे बुद्ध एयरमार्फत पोखरा विमानस्थलमा उतारिने प्रहरी उच्च स्रोतले जनायो।

उनलाई सोमबार कास्की जिल्ला अदालतमा हाजिर गराउने तयारी छ ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले उक्त सहकारीका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, सदस्य कुमार रम्तेल, तत्कालीन सञ्चालक जोशी र प्रबन्धक निर्देशक रवि लामिछानेलाई कानूनअनुसार कारबाही गर्न सिफारिस गरेको थियो।

तीमध्ये रम्तेल कास्की जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा छन्। राईविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) मा रेड नोटिस जारी भएको छ। उनी अझसम्म पक्राउ परेका छैनन्।

प्रकाशित: ६ असोज २०८१ १९:५० | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast