नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग

हिमाल प्रेस ६ असोज २०८१ १६:४४ | Sunday, September 22, 2024
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीको बर्खास्तीको माग

पोखरा- नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग गर्दै पोखरामा आज विरोध प्रदर्शन गरिएको छ। एकता अभियान नेपालको आह्वानमा पोखराको सहिदचोकस्थित जिल्ला प्रशासन कार्यालय अगाडि १ घण्टासम्म धर्ना दिनुका साथै प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो।

धर्नाका सहभागीहरूले महानिर्देशक अधिकारीले पोखरा विमानस्थल निर्माणमा चरम भ्रष्टाचार गरेको र पोखरा विमानस्थल संचालनको डेढ वर्षसम्म पनि अन्तर्राष्ट्रिय उडान हुन नसक्नुमा उनै अधिकारी मुख्य दोषी रहेको ठहर गर्दै बर्खास्तीको माग गरेका थिए।

एकता अभियान नेपालका केन्द्रीय अध्यक्ष विनय यादवले आफूहरूले यसबारे विगतमा पनि विभिन्न प्रकारका आन्दोलनमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराइसकेको बताउँदै आइतबार जिल्ला प्रशासन कार्यालय कास्कीमार्फत सरकारको ध्यानाकर्षण गराएको जनाए। उनले महानिर्देशक अधिकारी विमानस्थल निर्माणमा चरम भ्रष्टाचार गरेको आरोप लगाउँदै उनको बर्खास्ती नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिए।

सन् २०२३ जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भव्य समारोहबीच उद्घाटन गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनको डेढ वर्षसम्म बितिसक्दा समेत आन्तरिक उडानमै सीमित छ। केही अन्तर्राष्ट्रिय उडानमात्र चार्टर हुन सकेका थिए। आम्दानी हुन नसक्दा दिनानुदिन यो विमानस्थल आर्थिक भारमा पर्दै गएको छ।

प्रकाशित: ६ असोज २०८१ १६:४४ | Sunday, September 22, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast