संविधानको विरोध गरेका ६० वर्षीय वृद्धलाई राज्यविरुद्धको कसुरमा मुद्दा

हिमाल प्रेस ५ असोज २०८१ १०:३० | Saturday, September 21, 2024
संविधानको विरोध गरेका ६० वर्षीय वृद्धलाई राज्यविरुद्धको कसुरमा मुद्दा

काठमाडौँ- संविधानको विरोध गर्ने एकजनालाई प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको छ। माइतीघरमा यही असोज ३ गते पक्राउ परेका पर्वत, पैयू गाउँपालिका-३ घर भएका ६० वर्षीय टिकाराम भुसालमाथि प्रहरीले राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको हो।

मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १ (राज्यविरुद्धका कसूर) को दफा ५१ (क) बमोजिम मुद्दा चलाइएको हो। अदालतबाट पाँच दिन म्याद थप अनुमति लिएर भुसालविरुद्ध अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

नेपालको संविधान राष्ट्रिय स्वाभिमान, स्वाधिनता, स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता र देशको अपमान हुने गतिविधि गरिरहेको अवस्थामा भुसाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ५ असोज २०८१ १०:३० | Saturday, September 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast