क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ

हिमाल प्रेस ४ असोज २०८१ १८:४९
10
SHARES
क्यानडा पठाइदिने भन्दै १८ लाख बढी ठगी गर्ने पक्राउ प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै १८ लाख ५३ हजार ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा गोरखा आरुघाट गाउँपालिका-१० घर भई हाल काठमाडौँ गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने ३४ वर्षीय रामहरि भण्डारी रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा लैजाने भन्दै दुई जना पीडितलाई लामो समयसम्म झुक्यानमा राखे पश्चात विदेश नपठाइ सम्पर्कविहीन भएकोमा पीडितले दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो।’

निजलाई सुन्दरीजलबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि आजै (शुक्रबार) वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: ४ असोज २०८१ १८:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast