आधारभूत तहमा विद्यार्थी संख्या बढाउन मेहनत गरौं : प्रधानमन्त्री ओली

हिमाल प्रेस २ असोज २०८१ ९:५४ | Wednesday, September 18, 2024
आधारभूत तहमा विद्यार्थी संख्या बढाउन मेहनत गरौं : प्रधानमन्त्री ओली केपी ओली । फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले आधारभूत तहको खुद भर्ना दरमा सुधार आएको देखिए पनि विद्यार्थीको टिकाउ दर बढाउन अझै मेहिनत गर्नुपर्ने बताएका छन्। ‘राष्ट्रिय शिक्षा दिवस, २०८१’ का अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीले बालबालिकाको सर्वाङ्गीण विकासका लागि जिम्मेवार र जवाफदेही भएर स्वउत्प्रेरित भई थप योगदान गर्न सफलता मिलोस् भन्ने कामना पनि गरेका छन्।

उनले प्रदेशगत र स्थानीयगत शिक्षाका सबै तह एवं अवसरमा हुने असमानता हटाई समान अवसर र लाभको सुनिश्चितता गर्नु अपरिहार्य रहेको बताएका छन्।

शिक्षा क्षेत्रका लागि बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न र विद्यालय शिक्षा विधेयक, २०८१ लाई छलफलसहित पारित गराउन सरकार प्रतिबद्ध रहेको ओलीले शुभकामना सन्देशमा उल्लेख गरेका छन्।

प्रकाशित: २ असोज २०८१ ९:५४ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast