बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

हिमाल प्रेस २ असोज २०८१ ६:३२ | Wednesday, September 18, 2024
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा कालीकोट खाँडाचक्र नगरपालिका-११ घर भई हाल काठमाडौँ महानगरपालिका-२२ सुन्धारा बस्ने बस्ने ४१ वर्षीय धीरबहादुर शाही रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

उनले भने, ‘वादी नेपाल सरकार प्रतिवादी निज शाही भएको बैंकिङ कसुर मुद्दामा कालीकोट जिल्ला अदालत, कालीकोटबाट विसं २०८१ जेठ २८ गते पक्राउ अनुमति प्राप्त पछि फरार रहेका निजलाई हाम्रो टोलीले पक्राउ गरेको हो।’

शाहीलाई काठमाडौँको सुन्धारा नजिक फेला पारी कानुनबमोजिम पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कालीकोट पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ। रासस

 

प्रकाशित: २ असोज २०८१ ६:३२ | Wednesday, September 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast