सिमलतालबाट फेरि खस्यो ट्रक, चालक-सहचालकको खोजी कार्य जारी

हिमाल प्रेस ३० भदौ २०८१ ८:४८ | Sunday, September 15, 2024
सिमलतालबाट फेरि खस्यो  ट्रक, चालक-सहचालकको खोजी कार्य जारी फाइल तस्बिर

चितवन- खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक सिमलतालबाट भरतपुर महानगरपालिका-२९ त्रिशूलीमा खसेको छ। ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो। ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उनले बताए।

प्रकाशित: ३० भदौ २०८१ ८:४८ | Sunday, September 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast