तनहुँमा पुलबाट खस्यो बस

हिमाल प्रेस २६ भदौ २०८१ १८:०२
66
SHARES
तनहुँमा पुलबाट खस्यो बस

काठमाडौँ-  तनहुँको खहरे खोलामा बस दुर्घटना भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग १ ख ९४०२ नम्बरको बस दुर्घटना भएको हो।

तनहुँका डीएसपी दीपककुमार रायले आँबुखैरेनी गाउँपालिका–२ र ३ नम्बर वडा जोड्ने नयाँ र पुरानो दुईवटा पुलको बीचबाट बस खहरेमा खोल्सामा खसेको जानकारी दिए।

बसमा सवार १५ जनामध्ये ११ जना घाइते भएको डीएसपी रायले बताए।

तस्बिर सौजन्य : सुमन श्रेष्ठ

प्रकाशित: २६ भदौ २०८१ १८:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + three =