अब देशभरका सरकारी कार्यालयमा टीएमएस नचल्ने

हिमाल प्रेस २५ भदौ २०८१ १८:०१ | Tuesday, September 10, 2024
अब देशभरका सरकारी कार्यालयमा टीएमएस नचल्ने

काठमाडौँ- देशभरका सरकारी कार्यालयमा सेयरको कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)मा प्रतिबन्ध लगाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (मंगलबार) सामाजिक सञ्जाल फेसबुकमार्फत् जानकारी दिँदै सबै मन्त्रालय, आयोग, सचिवालय, स्थानीय तहका कार्यालयमा टीएमएस नचल्ने बनाउन निर्देशन दिइएको बताए।

‘सरकारी कार्यालयमा बसेर सेयर बजारमा निजी कारोबार गर्नु कानुनी दृष्टिले पनि अमान्य छ। यसले सरकारी कामकाजमा प्रतिकूल प्रभाव परेको छ र सेवाग्राहीको काम प्रभावित भएको गुनासो आइरहेको छ,’ उनले लेखेका छन्, ‘यही जनगुनासोलाई सम्बोधन गर्दै अब सरकारले देशभरिका सबै सरकारी कार्यालयमा सेयर कारोबार गर्ने प्रणाली ९टीएमएस० प्रतिबन्ध लगाएको छ।’

उनले सरकारी कार्यालयमा अब सरकारी काम मात्र गर्न अनुरोध पनि गरेका छन्।

 

प्रकाशित: २५ भदौ २०८१ १८:०१ | Tuesday, September 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast