पोल्याण्ड पठाइदिने भन्दै तीन लाख ठगी, एक महिला पक्राउ

हिमाल प्रेस २४ भदौ २०८१ १९:०३
10
SHARES
पोल्याण्ड पठाइदिने भन्दै तीन लाख ठगी, एक महिला पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- वैदेशिक रोजगारमा पोल्याण्ड पठाइदिने भन्दै तीन लाख ठगी गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज (सोमबार) पक्राउ गरी सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका-३, मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए ।

उनले भने, ‘पक्राउ परेकी निज चुँडालले एक जनालाई पोल्याण्ड लैजाने भन्दै रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएको पीडितको उजुरीका आधारमा काठमाडौँ टोखा नगरपालिका-३ मनकामनाबाट पक्राउ गरिएको हो।’

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि आजै (सोमबार) वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौँ पठाइएको सूचना अधिकारी आचार्यले बताए।

प्रकाशित: २४ भदौ २०८१ १९:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =