मर्स्याङ्दी बस दुर्घटना : १२ घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

हिमाल प्रेस ७ भदौ २०८१ १७:०४
18
SHARES
मर्स्याङ्दी बस दुर्घटना : १२ घाइतेलाई हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइयो

काठमाडौँ- तनहुँको आँबुखैरेनी गाउँपालिका-२, ऐनापहरास्थित मर्स्याङ्दी नदीमा दुर्घटनाग्रस्त बसका १२ घाइतेलाई थप उपचारको लागि काठमाडौँ ल्याइएको छ । उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।

भारतीय पयर्टक बोकेको बस शुक्रबार बिहान दुर्घटनामा परेको सूचना पाएलगत्तै मेडिकल टिमसहितको सेनाको हेलिकोप्टर दुर्घटनास्थलमा गएको थियो। हेलिकोप्टरमा काठमाडौँ ल्याइएका १२ घाइतेहरूको काठमाडौँको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको थापाले बताउ। ‘१२ जनाको त्रिवि शिक्षण अस्पतालमा भइरहेको छ। ९ जना घाइतेको आँबुखैरेनीकै अस्पतालमा उपचार भइरहेको छ’ थापाले भने।

शुक्रबार बिहान पोखराबाट काठमाडौं आउँदै गरेको यूपी ५३ एसटी ७६२३ नम्बरको बस अन्दाजी बिहान ११ः४० बजे तनहुँको आँबुखैरेनी नजिकैबाट मर्स्याङ्दी नदीमा खसेको थियो ।

भारतीय पर्यटक बोकेको बस उक्त मर्स्याङ्दी नदीमा खस्दा १४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसमा ४३ जना सवार थिए।

प्रकाशित: ७ भदौ २०८१ १७:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast