‘माओवादीमा राजासँग मिल्ने कि दलसँग भन्ने विवाद हुँदा बाबुरामलाई हामीले सहयोग गरेका थियौँ’

हिमाल प्रेस ४ भदौ २०८१ १७:२९
34
SHARES
‘माओवादीमा राजासँग मिल्ने कि दलसँग भन्ने विवाद हुँदा बाबुरामलाई हामीले सहयोग गरेका थियौँ’ एमाले महासचिव शंकर पोखरेल। फाइल तस्बिर।

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पाेखरेलले नेपाली कांग्रेसका नेता प्रदीप गिरिलाई प्रजातन्त्रभित्र समाजवाद खोज्ने नेताका रूपमा स्मरण गरेका छन्।

गिरीको स्मृतिमा मंगलबार काठमाडौँमा आयोजित ‘राजनीतिमा निष्ठा र नैतिकता’ विषयक विमर्श कार्यक्रम महासचिव पाेखरेलले मदन भण्डारीले समाजवादभित्र समाजवाद र गिरिले प्रजातन्त्रभित्र समाजवाद खोजेकाे बताए।

उनले कुनै बेला माओवादीमा राजासँग मिल्ने कि दलसँग मिल्ने भन्नेमा बाबुराम भट्टराई अल्पमतमा रहँदा नरहरि आचार्य, प्रदीप गिरी र आफूले बाबुरामलाई सहयोग गरेकाे पनि स्मरण गरे।

पोखरेलले राजनीति अस्थिरता र सामाजिक अराजकता नै नेपाली राजनीतिको चुनौतीका रूपमा रहेको पनि बताए।   साथै उनले नेपाली समाजमा नेपाली नागरिक र राज्य जोडिन नसकेको पनि बताए। ‘जबसम्म नागरिक र राज्य जोडिँदैन। तबसम्म लोकतन्त्र सफल हुन सक्दैन’, पोखरेलको भनाइ छ। उनले कुनै पनि देश सफल हुन राज्य र नागरिकबिचको सम्बन्ध पनि राम्रो हुन जरुरी रहेको बताए।

‘नेपाली समाजमा राज्य र नागरिक जोडिन सकेकै छैन’, उनले भने, ‘जसले चर्को स्वर गर्छ उसका पछि जनताहरू झुम्मिने अवस्था छ यसले समाजलाई सही दिशा दिँदैन।’

प्रकाशित: ४ भदौ २०८१ १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − nine =