लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गरिरहेका छन् : कुलमान घिसिङ

हिमाल प्रेस ३१ साउन २०८१ १६:२० | Thursday, August 15, 2024
लोडसेडिङ हुँदा खुसी हुने जमातले मेरो विरोध गरिरहेका छन् : कुलमान घिसिङ कुलमान घिसिङ

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ हुँदा खुसी हुने जमातले आफ्नो विरोध गर्ने गरेको गुनासो गरेका छन्।

प्राधिकरणको वार्षिकोत्सवको सन्दर्भमा बिहीबार काठमाडौंमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले प्राधिकरण घाटामा जाँदा र लोडसेडिङ हुँदा खुसी हुने जमात ठूलो रहेको उल्लेख गरे।

‘केही जिम्मेवार पदाधिकारी लगायतले जिम्मेवार ठाँउमा पुगेर प्राधिकरणको हिसाब किताबप्रति आशंका व्यक्त गर्ने गरेको देखिन्छ। महालेखा परीक्षकको तीन वटा संस्थाले अडिट गरेको हिसाब कसरी फेक हुन्छ,’ उनले प्रश्न गरे।

प्राधिकरण सरकारको ठूलो संस्था भएकाले जिम्मेवारीपूर्वक नै काम गरिरहेको धारणा राखे। त्यस्तै, आठ वर्षअघि ३५ अर्ब सञ्चित घाटामा रहेको प्राधिकरण ४७ अर्ब नाफामा पुग्नु सुखद् विषय भएको धारणाा राखे।

नेपालको विद्युत् क्षेत्रमा ठूलो क्रान्ति भएको र अहिले सबै क्षेत्रमा विद्युतीय गाडीहरू सञ्चालन हुन थालेको उनको भनाइ थियो। घिसिङले वितरण, प्रसारण र उत्पादनमा मात्रै प्राधिकरणले एक खर्ब लगानी गरेको जानकारी पनि दिए।

प्रकाशित: ३१ साउन २०८१ १६:२० | Thursday, August 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast