अपांगता भएका व्यक्तिहरूको सवाललाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड

हिमाल प्रेस २८ साउन २०८१ २०:४४ | Monday, August 12, 2024
अपांगता भएका व्यक्तिहरूको सवाललाई सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड

सुर्खेत- अपांगता भएका व्यक्तिहरूको सवाललाई सञ्चारमाध्यमहरूले प्राथमिकता दिन अपांगता भएका व्यक्तिहरूले माग गरेका छन्। नेपाल नेत्रहीन युवा संघ सुर्खेतले आयोजना गरेको अपांगता भएका युवाहरूको सवाल तथा संस्था पहिचानसम्बन्धी अन्तरक्रियाका सहभागीहरूले सो माग गरेका हुन्।

सुर्खेतमा सार्वजनिक यातायातमा अपांगता भएका व्यक्तिहरूलाई सहुलियत दिने नगरिएको, अपांगता भएका व्यक्तिहरूको आत्मसम्मानमा ठेस पुग्ने खालका शब्दहरू प्रयोग नगर्न पनि सहभागीहरूले जोड दिएका छन्।

राष्ट्रिय अपांग महासंघका जीतलाल ढकालले अपांगताका सवालहरूलाई सञ्चारमाध्यमहरुले प्राथमिकता दिइ उनीहरुको हक अधिकारका बारेमा पैरवी गरिदिन आग्रह गरेका थिए।

नेत्रहीन युवा संघ सुर्खेतका अध्यक्ष शेरबहादुर वलीले अझै पनि दृष्टिविहीनहरूलाई विभेद गर्ने गरिएको बताए। दृष्टिविहीन शिक्षक तथा कर्मचारीहरूलाई हाजिर नगराउने, सरुवा नगर्ने, दरबन्दी भए पनि अन्यलाई ल्याउनेजस्ता विभेद् गर्ने गरिएकोले सोका विरुद्ध पैरवी गरिदिन उनले आग्रह गरेका थिए।

पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले सञ्चारमाध्यमहरुले विगतको तुलनामा अपांगता भएका व्यक्तिका मुद्दा र सवाललाई प्राथमिकता दिइरहेको बताए।

प्रकाशित: २८ साउन २०८१ २०:४४ | Monday, August 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast