विपद् अपडेट : एक सय ५४ जनाको मृत्यु

हिमाल प्रेस २१ साउन २०८१ २०:३६
24
SHARES
विपद् अपडेट : एक सय ५४ जनाको मृत्यु फाइल तस्बिर

काठमाडौँ- यस वर्षको मनसुनजन्य विपद्‍बाट हालसम्म एक सय ५४ जनाको मृत्यु भएको छ। बाढी, पहिरालगायत विपद्‍बाट काठमाडौँ उपत्यकामा तीन, कोशीमा २५, मधेशमा छ, बागमतीमा ३०, गण्डकीमा ४३, लुम्बिनीमा २९, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

विपद्मा परी ४७ जना बेपत्ता तथा एक सय ८६ जना घाइते भएका छन्। बाढीका कारण तीन सय ८४ घर डुबानमा परेका छन्। दुई सय ६१ घर, ९५ गोठ, ४३ पुल, दुई/दुई वटा विद्यालय र सरकारी कार्यालयमा क्षति पुगेको प्रहरीले जनाएको छ। गत जेठ २८ यता विपद्का घटनाबाट चार हजार दुई सय ३८ घर परिवार विस्थापित भएका छन्।

प्रकाशित: २१ साउन २०८१ २०:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 1 =