‘फास्ट ट्रयाक छिटै सम्पन्न गर्नुपर्छ, खोकनामा राजनीतिबाहेक अरु भएको छ सरकारले मिलाउँछ’

हिमाल प्रेस २१ साउन २०८१ १३:५३
8
SHARES
‘फास्ट ट्रयाक छिटै सम्पन्न गर्नुपर्छ, खोकनामा राजनीतिबाहेक अरु भएको छ सरकारले मिलाउँछ’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ-तराई द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणको क्रममा खोकनासहितको क्षेत्रमा देखिएको अवरोध र समस्या हटाउन सरकार तयार रहेको बताएका छन्। आज सोमबार फास्ट ट्रयाकअन्तर्गतकै धेद्रे सुरुमार्गको ब्रेक थ्रु गरेपछि उनले यस्तो बताएका हुन्।

‘फास्ट ट्रयाक बनाउनुपर्छ भन्ने मान्छे मै हुँ। मैले नै घोषणा गरेर बजेट छुट्याएको हो,’ उनले भने, ‘विकास निर्माणको क्रममा कहिँ कतै समस्या, बाधा आउँछ पन्छाउँदै जानुपर्छ। खोकनासहितका ठाउँमा राजनीतिले समस्या भएको भनिएको छ। यहाँ राजनीतिबाहेक अरु मिसिएकोले समस्या भएको हो। सरकारले छिटै समाधान दिन्छ। मिलाउँछ।’

द्रुतमार्गको काममा आज भएको ब्रेक थ्रु खुसीको विषय भएको भन्दै उनले सफलताका लागि धन्यवाद दिए। ‘नेपाल जे हुनु पर्ने थियो त्यने भएको छैन, जुन रफ्तारमा विकास गर्न पर्थ्यो त्यो भको छैन अब गर्न पर्छ,’ ओलीले भने,’ मैले पहिले नि भनेको थिएँ नेपाल टनेल युगमा प्रवेश गरेको छ। देशलाई आवश्यक पर्ने दक्ष जनशक्तिलाई स्तरिय र प्रविधिका हिसावले पनि अगाडि बढाउन पर्छ।’

प्रधानमन्त्री ओलीले केही भइरहेको छैन भने स्थापित गर्न खोजिएको विषयलाई यस्ता कामले खण्डन गर्ने पनि बताए।

खोकनामा राजनीति धेरै हुँदा फास्ट ट्रयाकको काम बिग्रियो : प्रधानसेनापति शर्मा

काठमाडौँ-तराई ‘फास्ट ट्रयाक’को धेद्रे सुरुङ ‘ब्रेक थ्रु’

प्रकाशित: २१ साउन २०८१ १३:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 8 =