यस्तो छ देशभरको मौसमको अवस्था

हिमाल प्रेस १८ साउन २०८१ ६:३०
26
SHARES
यस्तो छ देशभरको मौसमको अवस्था

काठमाडौँ-  आज बिहानैदेखि केही प्रदेशका भू-भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागले गण्डकी, काेशी र बागमती प्रदेशका केही भू-भागमा हल्का वर्षा भइरहेको जनाएकाे हो।

विभागले आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ। काेशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

विभागले राति देशभर साधारणतया बदली रहने बताएको छ। काेशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा तथा मधेश प्रदेशको थोरै भू–भागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।‍

काेशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ।

प्रकाशित: १८ साउन २०८१ ६:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =