माधवकुमार नेपाल।
काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले व्यावसायिक सीप विकासका कार्यक्रम शैक्षिक पाठ्यक्रममा समावेश गर्नुपर्ने बताएका छन्।
अनेरास्ववियु जिल्ला कमिटी काठमाडौँले आज (मंगलबार) आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा उनले दक्ष जनशक्ति उत्पादन गर्ने पाठ्यक्रमले विद्यार्थीलाई स्वरोजगार अभिवृद्धि गर्ने र उनीहरूको आम्दानी वृद्धि गर्ने विश्वास व्यक्त गरे।
व्यावसायिक सीपका माध्यमबाट उनीहरूले जस्तोसुकै चुनौतीको सामना गर्न सक्ने बताउँदै अध्यक्ष नेपालले पास भएका विद्यार्थीमा संकटसँग जुध्नसक्ने क्षमता एवं सामाजिक र देशभक्तिको भावना विकास भएको हुनुपर्ने विचार व्यक्त गरे।
प्रकाशित: १५ साउन २०८१ २१:४० | Tuesday, July 30, 2024
प्रतिक्रिया




