रमिते डाँडा घुमेर फर्किँदा मोटरसाइकल दुर्घटना, ११ वर्षीया बालिकाको मृत्यु

हिमाल प्रेस १३ साउन २०८१ ७:२२ | Sunday, July 28, 2024
रमिते डाँडा घुमेर फर्किँदा मोटरसाइकल दुर्घटना, ११ वर्षीया बालिकाको मृत्यु प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ गाउँपालिकाको रमिते डाँडा घुमेर फर्किने क्रममा मोटरसाइकल दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन्। घाइते मध्ये छोरी बेलबारी –१ की ११ वर्षीया सुस्मिना धिमालको उपचारका क्रममा मृत्यु भएको छ।

शनिबार दिउसो करिब सवा ३ बजेतिर मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ झण्डे डाँडाको घुमाउरोमा मोटरसाइकल अनियन्त्रित हुँदा मोटरसाइकलमा सवार मोरङको बेलबारी– १ का ३७ वर्षीय सुनिलकुमार धिमाल, उनकी ३५ वर्षीया श्रीमती चन्द्रमाया धिमाल र १३ वर्षीय छोरी सुस्मिना धिमाल घाइते भएका थिए। सुरक्षा प्रहरी बेस क्याम्प मिक्लाजुङले घाइतेहरुलाई तत्काल उपचारका लागि उर्लाबारीस्थित अरनिको हस्पिटल पुर्‍याएको थियो।

इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासका अनुसार गम्भीर घाइते सुस्मिनाको उपचारका क्रममा २ ः४५ बजे मृत्यु भएको हो।

प्रहरीका अनुसार रमिते टाँडी भित्रि सडक खण्डमा बा। २७ प। १८३५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ७० फिट तल झरेको थियो । बालिकाको शवलाई पोस्टमार्टमको लागि उर्लाबारी ३ मङ्गलवारे स्थित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा राखिएको छ।

प्रकाशित: १३ साउन २०८१ ७:२२ | Sunday, July 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast