छामघाट खोलामा डुबेर दुई किशोरीको ज्यान गयो

हिमाल प्रेस ११ साउन २०८१ १५:४९ | Friday, July 26, 2024
छामघाट खोलामा डुबेर दुई किशोरीको ज्यान गयो प्रतीकात्मक तस्बिर।

दैलेख : दैलेखमा पौडी खेल्न खोलामा गएका दुई किशोरीको डुबेर मृत्यु भएको छ। जिल्लाको महावु गाउँपालिका ३ स्थित छामघाट खोलामा पौडी खेल्नेक्रममा उनीहरूको मृत्यु भएको हो। शुक्रबार छामघाट खोलामा पौडी खेल्ने क्रममा डुबेर उनीहरूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक दीपेन्द्र मगरातीले जानकारी दिए।

उनीहरू बाख्रा चराउन छामघाट खोला पुगेका थिए। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार मृत्यु हुनेमा महाबु गाउँपालिका ३ अमार्सेकी अन्दाजी १४ वर्षीय भावना बुढा र अन्दाजी १६ वर्षीय सपनाकुमारी बुढा छन्।

प्रकाशित: ११ साउन २०८१ १५:४९ | Friday, July 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 20 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast