दैलेख दुर्घटना : उद्धार जारी

हिमाल प्रेस १८ असार २०८३ १५:२२ | Thursday, July 2, 2026
20
SHARES
दैलेख दुर्घटना : उद्धार जारी

दैलेख- सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको फोर्स गाडी दैलेखस्थित  कर्णाली नदीमा खसेको छ। दुर्घटनापछि नेपाल प्रहरीले खोजी तथा उद्धार कार्य जारी राखेको छ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार बिहीबार बिहान करिब ११:३० बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ को साङगेतरा क्षेत्रमा कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब ४०० मिटर तल कर्णाली नदीमा खसेको हो।

दुर्घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमान्डमा उद्धार सामग्रीसहित नेपाल प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायका अनुसार हालसम्म नाम, थर नखुलेका एक पुरुषलाई भिरमा अड्किएको अवस्थामा फेला पारिएको छ।

प्रहरीले घटनास्थलमा खोजी तथा उद्धारका लागि आवश्यक सामग्रीसहित ३५ जना प्रहरी परिचालन गरेको जनाएको छ।

दुर्घटनास्थल प्रहरी चौकी पाल्तडाबाट करिब ३ किलोमिटर उत्तर तथा जिल्ला प्रहरी कार्यालय दैलेखबाट करिब ५० किलोमिटर पश्चिममा रहेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। गाडीमा कति जना सवार थिए र मानवीय क्षतिको यकिन विवरण आउन बाँकी छ।

प्रकाशित: १८ असार २०८३ १५:२२ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast