काठमाडौँ- राजस्व अनुसन्धान विभागले शंकास्पद रूपमा चलिरहेको भन्ने सूचनाका आधारमा फेला परेका विभिन्न सवारी साधनहरूउपर हकदाबी पेस गर्न आग्रह गरेको छ। विभागमा दाखिला हुन आएका बरामद सवारी साधनहरू कोही कसैको भएमा प्रमाण पुग्ने कागजात सहित पन्ध्र दिन भित्र दाबी पेस गर्न आज एक सूचनामार्फत आग्रह गरिएको हो।
सवारी साधन उपर तोकिएको समयभित्र हक दाबी नपरे यी नेपाल सरकारको मातहतमा जाने समेत बताइएको छ ।

प्रकाशित: १० साउन २०८१ ९:०२ | Thursday, July 25, 2024
प्रतिक्रिया





