यी प्रदेशमा भारी वर्षा

हिमाल प्रेस ४ साउन २०८१ ६:१२ | Friday, July 19, 2024
यी प्रदेशमा भारी वर्षा प्रतिनिधिमूलक तस्बिर

काठमाडौँ- हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिणतर्फ रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

देशभर साधारणतया बदली रही गण्डकी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती तथा लुम्बिनी प्रदेशका केही भेगमा भारी वर्षा भइरहेको छ।

विभागले आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरेको छ।

साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आज राति भारी वर्षा हुने विभागको पूर्वानुमान छ। आज दिउँसो र राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ।

जल तथा मौसम विज्ञान विभागले काठमाडौँको विष्णुमती नदीको जलसतहले खतराको तह पार गरेको जनाएको छ।

प्रकाशित: ४ साउन २०८१ ६:१२ | Friday, July 19, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast