साउन ७ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

हिमाल प्रेस ३ साउन २०८१ १३:१७ | Thursday, July 18, 2024
साउन ७ गते संसद्‌मा प्रधानमन्त्रीसँग प्रश्नोत्तर केपी ओली

काठमाडौँ– साउन ७ गते प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। बिहीबार बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख र पार्टीका प्रमुख सचेतकहरूबीच छलफलपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले साउन सात गते प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको जानकारी दिएका हुन्।

उनले भने,’प्रतिनिधिसभा नियमावली व्यवस्थाअनुसार साउन सात गने प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम तय भएको छ। त्यो अगाडि बढ्छ।’ प्रतिनिधि सभा नियमावलीमा हरेक महिना सांसद् र प्रधानमन्त्रीबीच प्रश्नोत्तको प्रावधान राखिएको छ।

नेता पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले साउन ६ गते लिन लागेको विश्वासको मतका विषयमा पनि छलफल भएको बताए। असार ३० गते प्रधानमन्त्री नियुक्त भएका ओलीले साउन ६ गते प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन्।

संविधानको धारा ७६ (२) अन्तर्गत नियुक्त प्रधानमन्त्रीले सोही धाराको उपधारा ४ बमोजिम ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।

असार ३१ गते प्रधानमन्त्रीको शपथ लिएकै दिन ओलीले २२ सदस्यीय मन्त्रिमण्डल गठन गरेका छन्। ओली नेतृत्वको सरकारमा नेपाली कांग्रेस, नेकपा एमालेसँगै लोसपा र जसपा सहभागी छन्।

प्रकाशित: ३ साउन २०८१ १३:१७ | Thursday, July 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast