एमालेबाट ६ मन्त्रीको लाग्यो टुंगो

हिमाल प्रेस ३१ असार २०८१ ७:२२ | Monday, July 15, 2024
एमालेबाट ६ मन्त्रीको लाग्यो टुंगो नेकपा एमालेको केन्द्रीय कार्यालय।

काठमाडौँ- नेकपा एमालेले सरकारमा जाने ६ जना मन्त्री टुंग्याएको छ। एमालेबाट एमाले उपाध्यक्ष विष्णु पौडैल, उपमहासचिव पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र छविलाल विश्वकर्मा, स्थायी कमिटी सदस्य कृष्णगोपाल श्रेष्ठ र केन्द्रीय सदस्य विद्या भट्टराईलाई मन्त्री बनाउने लगभग टुंगो लागेको छ।

त्यस्तै जुली महतो र दामोदार भण्डारीलाई पनि मन्त्री बनाउने तयारी छ। पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थमन्त्री बन्ने टुंगो लागेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। एमालेले अर्थ, रक्षा, भौतिक पूर्वाधार, संघीय मामिला‍, शिक्षा, भूमि व्यवस्था, सञ्चार तथा सूचना प्रविधि र उद्योग मन्त्रालय पाउने सहमति भएको छ।

प्रकाशित: ३१ असार २०८१ ७:२२ | Monday, July 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast