एसिया कप अगाडि अभ्यासमा महिला क्रिकेट टोली

हिमाल प्रेस २५ असार २०८१ ९:१३
14
SHARES
एसिया कप अगाडि अभ्यासमा महिला क्रिकेट टोली

काठमाडौँ- नेपाली महिला क्रिकेट टोलीले आज श्रीलंकासँग अभ्यास खेल खेल्दैछ। एसीसी टी-२० महिला एसिया कपको तयारीका लागि आयोजक टोलीसँग अभ्यास खेल्न लागेको हो। साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा सहभागी हुने नेपाली टोली श्रीलंका गएका हुन्। गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट नेपाल एसियक कप क्रिकेट प्रतियोगितामा छनोट भएको हो।

महिला एसिया कप टोलीको नेतृत्व कप्तान इन्दु बर्मा रहेको टोलीमा अनुभवी खेलाडी एवम् पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

प्रतियोगितामा आठ टोलीको सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई रहेको छ।

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुई दुई टोली सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते आइतबार हुनेछ।

नेपालको महिला क्रिकेट टिमले तेस्रो पटक एसिया कपमा प्रतिस्पर्धा गर्न लागेको हो। यसअघि नेपालले चीनमा भएको सन् २०१२ को एसिया कप र सन् २०१६ मा थाइल्याण्डमा सम्पन्न प्रतियोगितामा सहभागीता जनाएको थियो।

प्रकाशित: २५ असार २०८१ ९:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − 4 =