बागमती सरकारबाट बाहिरिँदै एमाले

हिमाल प्रेस २४ असार २०८१ १०:५२
6
SHARES
बागमती सरकारबाट बाहिरिँदै एमाले

काठमाडौँ- नेकपा एमालेले केन्द्रमा कांग्रेससँग मिलेर नयाँ गठबन्धन बनाउने सहमति गरेसँगै प्रदेशका सरकारबाट पनि बाहिरिने क्रम जारी छ। एमालेका मन्त्रीहरूले बागमती प्रदेश सरकारबाट सोमबार राजीनामा दिने भएका हुन्।

माओवादी केन्द्रका बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको बागमती प्रदेश सरकारमा रहेका एमालेका मन्त्रीहरूले आज बिहान मन्त्रीहरूले पदबाट राजीनामा दिएर सरकारलाई दिएको समर्थन फिर्ता लिने भएका हुन्। यसअघि मुख्यमन्त्री शालिकराम जम्कट्टेल हेटौँडा आएलगत्तै राजीनामा दिने बताएका एमाले मन्त्रीहरूले मुख्यमन्त्री जम्कट्टेलसँगको छलफलपछि आज मात्रै राजीनामा दिने भएका हुन्।

एमाले बामगती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले बिहान १० बजे राजीनामा बुझाउने बताए। उनले मुख्यमन्त्री जम्कट्टेलसँगको भेटपछि निर्णय बदलिएको बताए।

‘हामीले मुख्यमन्त्री काठमाडौंबाट आएलगत्तै राजीनामा बुझाएर सरकारलाई दिएको समर्थन फिर्ता लिने भनेका थियौँ। तर, हिजो मुख्यमन्त्रीसँगको भेटपछि उहाँको आग्रहमा हामीले आज बिहान मात्रै राजीनामा दिने निर्णय गरेका छौँ,’ उनले भने।

प्रकाशित: २४ असार २०८१ १०:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =