भजनी बाढीपीडित परिवारलाई हुलाकी सडकमा व्यवस्थापन

हिमाल प्रेस २३ असार २०८१ १७:५६
20
SHARES
भजनी बाढीपीडित परिवारलाई हुलाकी सडकमा व्यवस्थापन

धनगढी- लगातारको वर्षाका कारण कैलालीको भजनी नगरपालिकाका स्थानीयहरूलाई उद्दार गरेर सडक छेउमा त्रिपाल मुनि बसाइएको छ।

भजनी नगरपालिका वडा नम्बर ५ स्थित नयाँ बस्ती, धुरी र वडा नम्बर ७ चर्राका बाढी प्रभावित परिवारलाई त्रिपालमा बसाइएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

प्रशासनका अनुसार नयाँ बस्तीका ३० घर, धुरीका एक सय ४१ जना मानिस र चर्राका नौ घरधुरीका ४८ जनालाई सडकमा व्यवस्थापन गरिएको छ।

वडा नम्बर ५ का स्थानीयहरू ठेकी पुल नजिक हुलाकी सडकखण्डमा बसेका छन् भने चर्राका स्थानीयहरू बजारको हुलाकी सडक खण्डको छेउ छाउमा त्रिपाल हाली बसेको प्रशासनका सूचना अधिकारी शिवराज जोशीले बताए।

निरन्तरको वर्षाका कारण कैलालीको बर्दगोरियामा एक जनाको घरमा पूर्ण क्षति पुर्याएको छ। बर्दगोरिया ३ रानिकुण्डा सिविर बस्ने आइतवारि डगौराको काठले बनेको जस्ताले छाएको कच्चि घरमा रुख ढली घर पुर्ण रुपमा क्षति पुगेको उनको भनाइ छ।

‘घरभित्र रहेका सम्पूर्ण सामानहरू क्षति भएको र स्थानियको सहयोगमा उक्त घरमा रहेका ४ जना पुरुष र २ महिला गरि जम्मा ६ जनालाई नजिकै रहेको लालिगँरास ससामुदायिक वन उपभोक्ता समूहको भवनमा राखिएको छ’ उनले भने। वर्षातका कारण जिल्लामा मानविय क्षतिबारे जानकारी नआएको उनको भनाइ छ।

प्रकाशित: २३ असार २०८१ १७:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × three =