मधेश सरकारलाई कांग्रेस-एमालेले विश्वासको मत दिने, माओवादी-एकीकृत समाजवादी बाहिरिने

हिमाल प्रेस २२ असार २०८१ ९:१७
8
SHARES
मधेश सरकारलाई कांग्रेस-एमालेले विश्वासको मत दिने, माओवादी-एकीकृत समाजवादी बाहिरिने

काठमाडौँ- मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहलाई नेपाली कांग्रेस, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले विश्वासको मत दिने भएका छन्।

जनमत पार्टीबाट मुख्यमन्त्री बनेका उनलाई केन्द्रमा बनेको नयाँ समीकरणअनुसारका दलले विश्वासको मत दिने भएका हुन्। ‘हामीले सबैलाई विश्वासको मतका लागि आह्वान गरेका छौँ।’मुख्यमन्त्री निकट स्रोतले भन्यो,‘तर, उहाँहरूमध्ये केही दलले नदिने निर्णय लिनुभयो कि जस्तो लाग्यो।’

यता, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टी सरकारबाट बाहिरिने भएका छन्। उनीहरू विश्वासको मत नदिने र मन्त्रीबाट समेत बाहिरिने तयारीमा छन्।
माओवादी र समाजवादीबाट प्रदेश सरकारकामा दुई-दुई जना मन्त्री छन्।

माओवादी अर्थ र उद्योग तथा पर्यटन र एकीकृत समाजवादी उर्जा सिँचाई तथा खानेपानी र भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित सरकारमा छ।

यता माओवादी र समाजवादी बाहिरिए नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश सरकारमा सहभागी हुनेछन्।
बिहान ११ बजे विश्वासको मत लिन प्रदेशसभा बैठक बोलाइएको छ।

प्रकाशित: २२ असार २०८१ ९:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =