राष्ट्रियसभा सदस्य कर्णद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

हिमाल प्रेस १९ असोज २०८३ १७:१४ | Monday, October 5, 2026
राष्ट्रियसभा सदस्य कर्णद्वारा कांग्रेस महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ- नेपाली कांग्रेसका नेता रञ्जीत कर्णले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।

संविधानसभा सदस्य एवं राष्ट्रियसभा सदस्यसमेत रहेका कर्णले काठमाडौँमा जारी कांग्रेसको १५ औँ महाधिवेशनमा सोमबार पत्रकार सम्मेलन गरेर कर्णलय महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन्।

कर्ण नेपाल विद्यार्थी संघका पूर्वअध्यक्षसमेत हुन्।

कर्णले कांग्रेस कमजोर भएको नभइ, कांग्रेसभित्रको संगठनात्मक ऊर्जा कमजोर भएको बताए।

‘कांग्रेससँग विचारको इतिहास छैन भन्ने होइन, त्यो विचारलाई अहिलेको पुस्तासँग जोड्ने प्रयास कमजोर भएको हो। कांग्रेससँग नेता छैनन् भन्ने होइन, नयाँ पुस्तालाई ल्याउने ढोका पर्याप्त खुला छैन, त्यसैले महामन्त्री पद माग्न मात्र आएको होइन, कांग्रेससभि एउटा नयाँ बहस सुरु गर्न आएको हुँ,’ उनले भने।

नेता कर्णले कांग्रेसको संगठनलाई पुनर्जीवित गर्न, कार्यकर्तालाई अधिकार र जिम्मेवारीसँग जोड्न, नयाँ पुस्तालाई नेतृत्वको साझेदार बनाउन र कांग्रेसलाई जनताको विश्वासको केन्द्रमा पुनः स्थापित गर्न नेपाली कांग्रेसको केन्द्रीय महामन्त्री पदमा आफ्नो उम्मेदवारी घोषणा गरेको बताए। कर्णले पार्टीभित्रै प्रश्न गरेर समीक्षा गर्ने बेला आएको बताए।

‘कांग्रेसको सदस्यता किन संख्या मात्र बनिरहेको छर? कार्यकर्ता किन निर्णयको साझेदार होइन, निर्देशनको पर्खाइमा बस्नुपर्ने अवस्थामा छन्, नयाँ पुस्ता कांग्रेससँग जोडिन चाहँदा हामीले उसलाई कति ठाउँ दिएका छौँर? कांग्रेसको संगठन जनताको जीवनसँग कति जोडिएको छर? यी सबै प्रश्नको जवाफ बोकेर महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेको छु,’ उनले भने।

महामन्त्री पदका उम्मेदवार कर्णले आफ्नो उम्मेदवारी कुनै व्यक्तिविरुद्ध नभइ प्रवृत्तिविरुद्ध भएको प्रस्ट पारे। उनले बलियो संगठन निर्माण गर्न, विचारमा स्पष्ट, संगठनमा सक्रिय, नेतृत्वमा लोकतान्त्रिक, आचरणमा अनुशासित र जनतासँग जोडिएको विश्वसनीय कांग्रेस निर्माण र कार्यशैली परिवर्तन गर्ने घोषणा गरेका गरेका छन्। महामन्त्री पदमा वर्तमान महामन्त्रीद्वय गुरुराज घिमिरे, प्रदीप पौडेलसहित १० जनाभन्दा बढीले उम्मेदवारी दिने घोषणा गरेका छन्।

प्रकाशित: १९ असोज २०८३ १७:१४ | Monday, October 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast