जर्मनीमाथि जित निकाल्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा

हिमाल प्रेस २२ असार २०८१ ७:३३
4
SHARES
जर्मनीमाथि जित निकाल्दै स्पेन युरो २०२४ को सेमिफाइनलमा

काठमाडौँ- स्पेन युरो २०२४ को सेमिफाइनल प्रवेश गरेको छ। एमएचपी एरेनामा शनिबार राति सम्पन्न खेलमा स्पेनले जर्मनीलाई २-१ गोलअन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो।

५१औं मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए। उनले लामाइन यमलको पासको सदुपयोग गरे। तर, उक्त अग्रता स्पेनले बचाउन सकेन। वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका फ्लोरियन विर्ट्जले निर्धारित समय सकिँन एक मिनेट बाँकी रहँदा गोल गर्दै खेल अतिरिक्त समयमा पुर्‍याएका थिए। उनले लेरोय सानेको पासको सदुपयोग गरे।

तर, ११९औं मिनेटमा ओल्मोको पासमा माइकल मेरिनोले गोल गर्दै स्पेनलाई अन्तिम चारमा पुर्‍याए।

प्रकाशित: २२ असार २०८१ ७:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =