एमाले संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस २२ असार २०८१ ७:०३
12
SHARES
एमाले संसदीय दलको बैठक बस्दै केपी ओली। फाइल तस्बिर

काठमाडौँ- नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ। आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बोलाइएको हो।

बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ। भोलि प्रतिनिधिसभा बैठक बस्नुअघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। यससँगै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ मा विश्वासको मत लिने तयारी गरेका छन्।

प्रकाशित: २२ असार २०८१ ७:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × one =