प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

हिमाल प्रेस ११ असार २०८१ १५:१४ | Tuesday, June 25, 2024
प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित संसद् बैठक । फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ। मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो।

अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उपसभामुख इन्दिरा रानाले सो प्रस्तावलाई निर्णयार्थ पेस गर्दा बहुमतले पारित गरेको हो। सरकारले गत जेठ १५ गते संसद‍‍्मा बजेट प्रस्तुत गरेको थियो।  बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल र मन्त्रीहरूले सांसदहरूले विनियोजन विधेयकमाथि उठाएको प्रश्नको जवाफ दिएका थिए।

प्रकाशित: ११ असार २०८१ १५:१४ | Tuesday, June 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast