जिम्बाब्वेसँग टी-२० शृंखला खेल्ने भारतीय टोली घोषणा

हिमाल प्रेस ११ असार २०८१ १३:२१ | Tuesday, June 25, 2024
जिम्बाब्वेसँग टी-२० शृंखला खेल्ने भारतीय टोली घोषणा

काठमाडौँ- घरेलु टोली जिम्बाब्वेसँग भारतले ५ खेलको टी २० शृंखला खेल्ने भएको छ। शृंखलाका लागि शुभमन गिलको कप्तानीमा १५ सदस्य टोली घोषणा गरिएको छ।

पहिलो पटक कप्तानी जिम्मेवारी पाएका गिल भारतीय टी-२० टोलीको १४औं कप्तान बनेका छन्।

यसैगरी नितीश रेड्डले पहिलो पटक भारतीय टोलीमा मौका पाएका छन् ।

शृंखला जुलाई ६ देखि १४ सम्म हरारे स्पोर्टस क्लबमा हुनेछ ।

टिममा यशस्वी जैसवाल, ऋतुराज गायकवाड, रिंकु सिंह, सन्जु सामसन, रवि बिश्नोई, अविशेक शर्मा, ध्रुव जुरेल, रितिस रेड्डी, रियान पराग, वाशिन्गटन सुन्दर, आवेश खान, खलिल आहमद, मुकेश कुमार, तुषार देशपाण्डे रहेका छन्।

 

प्रकाशित: ११ असार २०८१ १३:२१ | Tuesday, June 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast