काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की नेत्रृ रेखा थापाले पार्टीमा विशेष महाधिवेशन गर्नुपर्ने बताएकी छन्। उनले राष्ट्रवादी आन्दोलनलाई मूर्तरूप दिन विशेष महाधिवेशनबाट नयाँ उर्जा लिएर आउनुपर्ने बताएकी हुन्।
सामाजिक सन्जालमार्फत थापाले राप्रपाभित्रको सुस्त संगठन र पार्टीमा आकर्षणको कमी भएको बेला विशेष अधिवेशन गर्न हिचकिचाउनु नहुने बताएकी हुन्।
थापा भन्छिन्,‘यस्तो कदम पार्टी र विचारको हितमा हुन्छ।’

प्रकाशित: ११ असार २०८१ १२:२८ | Tuesday, June 25, 2024
प्रतिक्रिया


