युगान्डामाथि न्यूजिल्यान्डको ‘पावर प्ले’ मै जित

हिमाल प्रेस १ असार २०८१ १०:०९ | Saturday, June 15, 2024
युगान्डामाथि न्यूजिल्यान्डको ‘पावर प्ले’ मै जित

काठमाडौँ- आईसीसी टी-२० विश्वकप क्रिकेटमा न्यूजिल्याण्डले युगान्डालाई फराकिलो जित निकालेको छ।

विश्वकपबाट बाहिरिएका यी दुवै टोलीबीच आजको खेलमा न्यूजिल्यान्डले युगान्डालाई ९ विकेटले जित निकाल्यो।

वेस्टइन्डिजको ब्रायन लारा क्रिकेट एकेडेमी मैदानमा सम्पन्न खेलमा न्यूजिल्यान्डले ‘पावर प्ले’भित्रै युगान्डामाथि जित निकालेको थियो।

जितसँगै समूह ‘सी’मा रहेको न्यूजिल्यान्डले तीन खेलमा २ अंक जोडेको छ । चार खेल खेलेको युगान्डाको २ अंक छ।
युगान्डाले प्रस्तुत गरेको ४१ रनको सामान्य लक्ष्य पच्छाएको न्यूजिल्यान्डले पाँच दशमलव दुई ओभरमा एक विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो।

न्यूजिल्यान्डका लागि डिभोन केन्वेले अविजित २२ रन बनाए। त्यस्तै फिनन् अल्लेनले नौ रन जोड्दा रचिन अभिन्द्र एक रनमा अविजित रहे।

बलिङतर्फ युगान्डाका रियाजत अली शाहले एक विकेट लिए।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युगान्डाले १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै ४० रनको योगफल बनाएको थियो । युगान्डाका लागि केनथ वाइस्वाले सर्वाधिक ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

युगान्डालाई सस्तैमा समेट्नेक्रममा न्यूजिल्यान्डका टिम साउथीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट, मिचेल स्यान्टनर र रचिन रविन्द्रले समान दुई-दुई विकेट लिए। त्यस्तै लोकी फर्गुसनले १ विकेट झारे।

प्रकाशित: १ असार २०८१ १०:०९ | Saturday, June 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast