केपी ओलीको आरोप : गिरीबन्धु बेचेर खान नपाइने भैयो भनेर कांग्रेस कराएको छ

हिमाल प्रेस ३१ जेठ २०८१ १७:२५
56
SHARES
केपी ओलीको आरोप : गिरीबन्धु बेचेर खान नपाइने भैयो भनेर कांग्रेस कराएको छ

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरीबन्धु टि-स्टेटका बारेमा आफू र आफ्नो पार्टीलाई जोडेर नेपाली कांग्रेसले स्यालहुइयाँ मच्चाएको आरोप लगाइका छन्। आज बिहीबार भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीद्ये एमालेलाई देशका लागि काम गर्न नदिन लागि र वैचारिक संघर्ष गर्न नसकेपछि लागि कांग्रेसले आक्रमण गरिरहेको बताएका हुन्।

‘उनीहरूको सरकार थियो, अस्तिसम्म। किन ल्याएन फिर्ता। अहिले गिरीबन्धु टि इस्टेट भनेर जानेका छन्। कराएका छन्। गिरीबन्धु टि इस्टेटमा एक पटक ५१ र अर्को पटक १९ बिगँह गरेर ७० बिगाह कानून, नियम बिना बलजफ्ती बिक्री गरेर खाएका थिए। तिनै तत्वहरूले खाएका थिए,’ उनले भने, ‘गिरीबन्धु टि स्टेटलाई बेथिति गर्न पाइँदैन भनेर कानुन हामीले बनायौँ, कानुन बनाएपछि नियम कानुनभित्र बस्नुपर्‍यो, बेचेर खान नपाइने भयो भनेर स्यालहुइयाँ मच्चाएका छन्। केपी ओलीले त्यो र यो गर्‍यो भनेर। यो किन हुन्छ भने हाम्रो पार्टीसँग वैचारिक संघर्ष गर्न सक्दैनन्। देश बनाउने कसरी त्यो आइडिया छैन। अनि एमालेलाई बद्नाम गर्ने। यिनीहरूले यो काम गरेँ भन्ने त छैन नि। एउटा सिन्को भाँचेको छ? यिनीहरूले देशका लागि।’

उनले राम्रा काम गर्न नदिन अनर्गल प्रचार प्रसार गरिरहेको बताए। उनले पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढाए, कम्बोडियामा ३ हजार करोड टेलिकममा लगानी छ भन्नेहरू कता गए भन्दै प्रश्नसमेत गरे।

उनले अहिले गिरीबन्धु टि इस्टेटका बारेमा गलत प्रचार गरेर स्यालहुइयाँ मच्चाइरहेको बताए। कानुन, नियमबिना बलजफ्ती बिक्री गरेर गिरीबन्धु टि इस्टेटको जग्गा बेचेकाहरू अहिले खान नपाएको रिसले कराइरहेको उनको अरोप छ। उनले वैचारिक संघर्ष गर्न नसक्नेहरूले एमालेमाथि प्रहार गरिरहेको बताए।

अध्यक्ष ओलीले एमालेभित्र एकताका लागि ठाउँ रहेको भन्दै फाटो, विभाजन र गुटबन्दीका लागि ठाउँ नरहेको बताए। उनले मिसन २०८४ देशको राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याएर देशको विकास गर्नका लागि रहेको बताए।

‘अनेकथरी, एकपछि अर्को निस्किन्छ। एउटा स्याल कराइसक्यो, अर्को स्याल निस्किएर कराउँछ। एउटा करायो, पशुपतिमा एक सय ८ केजी सुन भनेर पित्तल चढायो, केपी ओलीले पित्तल चढायो, छानबिन गरी पाउँ भनेर। पशुपतिमा चढाएको जलाहरी भत्काएर, तौलिएर, सुन हो की होइन घोटेर उधुम गरे। सुनै चढाएको रहेछ। कहाँ गयो त्यो कराउने अहिले ?,’ उनले भने, ‘१०८ केजी सुनवाला कहाँ गयो त्यो। अर्को करायो एउटा। कम्बोडियामा तीन हजार करोड लगेर टेलिकममा राखेको छ रे। कहाँ गयो, त्यो अचेल, फिर्ता ल्याए भयो नि, त्यो पैसा।’

प्रकाशित: ३१ जेठ २०८१ १७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =