‘नेपालले गोलका लागि संघर्ष गर्छ’

हिमाल प्रेस २९ जेठ २०८१ ८:२० | Tuesday, June 11, 2024
‘नेपालले गोलका लागि संघर्ष गर्छ’

काठमाडौँ- फिफा विश्वकप-२०२६ र एसिया कप २०२७ को संयुक्त छनोटअन्तर्गत समूह एचको आफ्नो अन्तिम खेलमा नेपालले आज यमनको सामना गर्दैछ।

खेल साउदी अरेबियाको दमामस्थित प्रिन्स मोहम्मद बिन फहाद स्टेडियम राति पौने १२ बजे सुरु हुने छ। यो खेल यमनमा हुनुपर्ने थियो। तर मध्यपूर्वी टोलीले घरेलु मैदानमा नेपाललाई आतिथ्यता दिन नसक्ने बताएपछि खेल न्युट्रल भेन्युमा हुन लागेको हो।

नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलरक्षक किरण चेम्जोङले आज नेपालका तर्फबाट १ सयौँ खेल खेल्दै छन्। उनी नेपालका लागि १ सय अन्तर्राष्ट्रिय क्याप जित्ने पहिलो र एकमात्र खेलाडी बन्दै छन्। नेपाल यसअघिनै फिफा विश्वकप छनोटबाट बाहिरिइसकेको छ।

समूह ‘एच’मा नेपाल चार टिममध्ये सबैभन्दा पुछारमा छ। यमनविरुद्धको खेलसँगै नेपालले यस पटकको विश्वकप छनोट यात्रा टुंग्याउने छ। दोस्रो चरणमा ५ खेल खेलेको नेपालले १८ गोल ब्यहोर्दा एक गोल पनि फर्काउन सकेको छैन।

आजको खेलमा गोलको खडेरी तोड्ने योजनामा नेपाली टोली रहनेछ। कप्तान चेम्जोङले पनि गोलका लागि संघर्ष गर्ने बताएका छन्।

‘अन्तिम खेलमा अंक लिने योजनामा छौं । तर, अंक गुमाउन चाहदैनौं,’ कप्तान किरण भन्छन्, ‘यो खेलमा अंक हासिल गर्यौ भने एसियन कप छनोट खेल्न मनोबल बलियो हुनेछ ।’

दोस्रो चरणमा एक गोल पनि गर्न नसक्ने नेपाल एक मात्र टिम हो ।

प्रकाशित: २९ जेठ २०८१ ८:२० | Tuesday, June 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast