टी-२० विश्वकपमा अर्को टेस्ट राष्ट्रलाई धक्का, क्यानडासँग आयरल्यान्डको हार

हिमाल प्रेस २६ जेठ २०८१ ७:०२
4
SHARES
टी-२० विश्वकपमा अर्को टेस्ट राष्ट्रलाई धक्का, क्यानडासँग आयरल्यान्डको हार

काठमाडौँ- आइसीसी टी-२० विश्वकपमा टेस्ट राष्ट्र आयरल्याण्डले लगातार दोस्रो हार ब्यहोरेको छ। यसपटक एसोसिएट राष्ट्र क्यानडासँग आयरल्यान्ड पराजित भएको हो। यसअघि अमेरिकाले पाकिस्तानलाई हराएर इतिहास रचेको छ।

समूह ‘ए’मा रहेको आयरल्याण्ड गएराति क्यानडासँग १२ रनले पराजित भएको हो। यसअघि पहिलो खेलमा आयरल्याण्ड भारतसँग पराजित भएको थियो।

न्यू योर्कमा क्यानडाले दिएको १३८ रनको लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले ७ विकेट गुमाएर १२५ रनमात्रै बनाउन सक्यो।

अन्तिम ओभरमा आयरल्याण्डलाई जितका लागि १७ रन आवश्यक रहेकोमा ४ रन मात्रै जोड्न सक्यो।

क्यानडाविरूद्धको खेलमा पनि ओपनर तथा कप्तान पउल स्टर्लिङ ९ रनमै आउट हुन पुगे। अर्का ओपनर एन्डी बलबिरिन १७ रन बनाएर आउट भएका थिए।

त्यस्तै लोर्कन टकर १० रनमा, ह्यारी टेक्टर ७ रनमा, कर्टिस क्याम्पर ४ रनमा र ग्यारेथ डेलानी ३ रनमा आउट भएका थिए।

मार्क अडेरले बनाएको ३४ रन आयरल्याण्डका लागि सर्वाधिक रह्यो। उनले २४ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए।

त्यस्तै जर्ज डकरेल ३० रन बनाएर नट आउट रहे। उनले २३ बलमा २ चौका र १ छक्का प्रहार गरे।
बलिङतर्फ क्यानडाका जेरेमी गोर्डन र डाइलन हेलिंगरले २र२ तथा जुनेद सिद्धिकी र साद बिन जाफरले एकरएक विकेट लिए।

पहिले ब्याटिङ गरेको क्यानडाले ७ विकेट गुमाएर १३७ रन बनाएको थियो।

त्यस क्रममा निकोलश किर्टनले सर्वाधिक ४९ रन बनाए। उनले ३५ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

श्रेयास मोब्बाले ३६ बलमा ३ चौका प्रहार गरी ३७ रन जोडे। परगत सिंहले १८ र ओपनर आरोन जोनसनले १४ रनको योगदान गर्दा अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ आयरल्याण्डका क्रेग योङ र बेरी मिककार्थीले २र२ तथा मार्क अडेर र ग्यारेथ डेलानीले १र१ विकेट लिए।

क्यानडाले बाँकी दुई खेल पाकिस्तान र भारतसँग खेल्नेछ। आयरल्याण्डले अर्को दुई खेल अमेरिका र पाकिस्तानसँग खेल्नेछ।

प्रकाशित: २६ जेठ २०८१ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 5 =