मन्त्रिपरिषद् बैठक : न्यायतर्फका तीन सहसचिवको बढुवा, राष्ट्रपतिको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत

हिमाल प्रेस १७ जेठ २०८१ १९:२९ | Thursday, May 30, 2024
मन्त्रिपरिषद् बैठक : न्यायतर्फका तीन सहसचिवको बढुवा, राष्ट्रपतिको स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण स्वीकृत

काठमाडौँ- आज (बिहीबार) बसेको मन्त्रिपरिषद् बैठकले मुख्य ४ वटा निर्णयहरू गरेको छ।

सिंहदरबारमा भएको बैठकले न्याय सेवातर्फका सहसचिवहरुको बढुवादेखि राष्ट्रपतिको विदेश भ्रमण स्वीकृतसम्मका निर्णयहरू गरेको हो।

सरकारले नेपाल न्याय सेवातर्फको सचिव पदमा खेमराज ज्ञवाली, यमबहादुर बुढा मगर र भद्रकाली पोखरेललाई बढुवा गरेको छ। उनीहरूलाई क्रमशः नायवमहान्यायाधिवक्ता, न्याय परिषद्को सचिव र सर्वोच्च अदालतको रजिष्ट्रार पदमा पदस्थापन गर्ने निर्णय पनि बैठकले गरेको छ।

यस्तै बैठकले राष्ट्रपति रामचन्द्र पौडेलको स्वीट्जरल्याण्ड र जर्मनी भ्रमणको कार्यक्रम स्वीकृत गरेको छ। राष्ट्रपति पौडेल जेठ ३१ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२ औं अधिवेशनमा भाग लिनेछन्। सोपश्चात जर्मनीको भ्रमण गर्नेछन्।

बैठकले वन (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गर्ने र तिलगंगा आँखा विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेस गर्न स्वीकृत दिने निर्णय पनि गरेको छ।

प्रकाशित: १७ जेठ २०८१ १९:२९ | Thursday, May 30, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast