नेपाल र खनालको दौडधुप, प्रचण्डको प्रस्टीकरण- एकीकृत समाजवादी सत्ता समीकरणमै छ

हिमाल प्रेस १७ जेठ २०८१ १५:५३
38
SHARES
नेपाल र खनालको दौडधुप, प्रचण्डको प्रस्टीकरण- एकीकृत समाजवादी सत्ता समीकरणमै छ प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'।

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकीकृत समाजवादी वर्तमान सत्ता समीकरणमै रहेको बताएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनालले अलगअलग भेटवार्ता गरेपछि सत्ता गठबन्धन संकटमा पर्न थालेका चर्चा भइरहेका बेला माओवादी अध्यक्षसमेत रहेका प्रचण्डले यस्तो प्रस्टीकरण दिएका हुन्।

अध्यक्ष नेपालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग र सम्मानित नेता खनालले प्रचण्डसँग अलगअलग भेट गरेका छन्। अध्यक्ष नेपाल बुधबार नेता मेटमणि चौधरीसहित देउवा निवास बूढानीलकण्ठ पुगेका थिए।

उक्त भेटमा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहितका दोस्रो स्तरका नेता थिए।

समाजवादीकै सम्मानित नेता खनालले भने बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन्। प्रधानमन्त्री दाहाल र नेता खनालबीच प्रधानमन्त्री निवास बालुवाटारमा भएको थियो। प्रधानमन्त्री दाहाल र नेता खनालबीच झन्डै १ घण्टा छलफल चलेको थियो। नेता खनालले देशको पछिल्लो समसामयिक राजनीतिबारे छलफल भएको प्रतिक्रिया दिएका थिएका छन्।

विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग बिहान  मात्रै कुराकानी भएको जानकारी दिए। उनले नेता नेपाल वर्तमान सत्ता समीकरणकै पक्षमा रहेको स्पष्ट पारे।

प्रचण्डले मधेश प्रदेशमा वर्तमान समीकरणभन्दा बाहिर गएर सरकार निर्माण नहुने बताए। उनले भने, ‘वर्तमान समीकरणअनुसार नै मधेश प्रदेशमा सरकार निर्माण हुन्छ।’

प्रकाशित: १७ जेठ २०८१ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =