सुधार वर्ष घोषणा गरेकाले बजेट स्वागतयोग्य : चन्द्र ढकाल

हिमाल प्रेस १५ जेठ २०८१ १९:३९ | Tuesday, May 28, 2024
सुधार वर्ष घोषणा गरेकाले बजेट स्वागतयोग्य : चन्द्र ढकाल

काठमाडौँ- अर्थमन्त्री वर्षमान पुनद्वारा आज (म‌ंगलबार) प्रस्तुत बजेटमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ। महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बजेट लगानीमैत्री आएको प्रतिक्रिया दिए।

महासंघले २०८० असोज २५ गते विद्यमान आर्थिक समस्या समाधान र नयाँ चरणको सुधारका लागि उच्चस्तरीय आयोगको माग गरेको थियो। सोही अनुरूप आयोग बन्ने र बजेटले सुधार वर्ष घोषणा गरेकाले बजेट स्वागतयोग्य रहेको उनले बताए।

‘महास‌ंघले प्रवर्द्धन गरेको सानो बचतबाट लगानी कम्पनी खोल्ने र विभिन्न क्षेत्रमा लगानी गर्ने कम्पनीलाई प्रवर्द्धन गर्ने भनिएको छ, कृषिमा करार खेती र पहाडमा फलफूल खेतीको विषय आएको छ, पर्यटन प्रवर्द्धन, वैवाहिक पर्यटन विकास गर्ने विषय आएका छन् र सूचना प्रविधि र नवप्रवर्द्धन बचत गाउँमा केही सहुलियत र विस्तारका योजना छन्,’ उनले भने, ‘महासंघको मागअनुसार नै निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखिएको छ।’

बाँकी राजस्वमा भएको परिवर्तन अन्य विषयका असरका बारेमा आर्थिक विधेयक हेरेर महासंघले आफ्नो आधिकारिक धारणा प्रस्तुत गर्ने उनको भनाइ छ।

प्रकाशित: १५ जेठ २०८१ १९:३९ | Tuesday, May 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast