‘कांग्रेस संसद्‌मा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने चलखेलमा छ’

हिमाल प्रेस १३ जेठ २०८१ १५:४४ | Sunday, May 26, 2024
‘कांग्रेस संसद्‌मा अवरोध सिर्जना गरी सत्ता समीकरण भत्काउने चलखेलमा छ’

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले कांग्रेस वर्तमान सत्ता समीकरण भत्काउने चलखेलमा लागेको आरोप लगाएका छन्। आइतबार झापामा दोस्रो बिर्तामोड नगर अधिवेशन उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन्।

उनले मुलुकमा अहिले अस्थिरता रहेको बताए। उनले राजनीतिक अन्योलको अवस्थामा मुलुक रहेको बताए। महासचिव पोखरेलले नेपाली कांग्रेसले संसद्‌मा अवरोध सिर्जना गर्ने दुष्प्रयत्नबाट अस्थिरता सिर्जना गरी सरकारमा सहभागी हुने चलखेलमा लागेको बताए।

उनले आफू सरकारमा पुग्नका लागि कांग्रेस संसद्‌लाई बन्धक बनाउन लागि परेको जिकिर गरे। संसद्‌को अवरोध नेपालको विकास र समृद्धिका लागि बाधक भएको बताए।

महासचिव पाेखरेलले देशलाई राजनीतिक स्थायित्व आवश्यक रहेको भन्दै राजनीतिक स्थायित्व प्रदान गर्ने सामथ्र्य नेकपा एमालेले जुटाउन नसकेको बताए। उनले मिसन २०८४ मा नेकपा एमालेलाई बलियो निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने बताए।

प्रकाशित: १३ जेठ २०८१ १५:४४ | Sunday, May 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast